धनगढी- धनगढीमा दशैँ मेला हुने भएको छ । यही असोज २७ गते देखि कातिक ४ गतेसम्म धनगढीमा ‘धनगढी दशैँ मेला २०८०’ हुने भएको हो ।
आई लाइव नेपाल इन्टरटेन्मेन्टले धनगढीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनढीमा पहिलो पटक आठ दिनसम्म धनगढीमा दशैँ मेलाको आयोजना गर्न लागेको जानकारी दिइएको हो ।
मेला असोज २६ गते साँझ पशुपति टोल छेउ (महोत्सव लाग्ने ठाउँ) मा उद्घाटन हुने आयोजकले जनाएको छ । पर्यटन व्यापार तथा संस्कृतिक प्रवद्धन, गर्ने उदेश्यले मेलाको आयोजना गर्ने लागिएको आई लाइव नेपाल इन्टरटेन्मेन्टका सदस्य धिरज विक्रम सिंहले बताए ।
मेलामा एक करोड ३२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलामा ३ सय स्टल रहनेछन् र १ सय रुपैयाँको टिकट राखिने आयोजकले जनाएको छ ।















