• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीका विभिन्न पाँच व्यापारिक फर्मलाई जरिवाना

  •   बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिका नेतृत्वको बजार अनुगमन टोलीले धनगढीका विभिन्न पाँचवटा व्यापारिक फर्मलाई जरिवाना गराएको छ । बजार अनुगमन टोलीले मंगलबार धनगढी उपमहानगरपालिकाका वडा नम्बर १५ र १६ का विभिन्न व्यापारिक फर्महरुको अनुमन गरेको हो । जसध्ये जरिवानामा पर्नेमा सबै वडा नम्बर १६ का व्यापारिक फर्महरु हुन् ।

टोलीले बेहडा बाबा एग्रो सेन्टरलाई न्युनमत एक हजार रुपैयाँ जरिवाना गराएको छ । एग्रो सेन्टर दर्ता गरेर स्टेशनरी सामान, फलफुललगायतका सामग्री राखेको र यसअघि सम्झाईबुझाई गर्दा पनि अटेर गरेको पाइएपछि उक्त फर्मलाई पहिलोपटकका लागि एक हजार जरिवाना गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद शर्माले बताए ।

सोही ठाउँको बेहडा बाबा क्लिनिकलाई पनि अनुमति विना औषधि विक्रीवितरण गरेको भन्दै एक हजार रुपैयाँ जरिवाना गराइएको छ । उक्त फर्मलाई पनि दोस्रोपटकको अनुगमनका क्रममा जरिवाना गराइएको हो । उसअघिको अनुगमनमा क्रममा टोलीले औषधि विक्रीवितरणका लागि अनुमति लिन भन्दै सम्झाई बुझाई गरेको थियो ।

क्लिनिक मात्रै दर्ता गरेर औषधि विक्रीवितरण गर्न नपाइने व्यवस्था अनुसार उक्त क्लिनिकलाई जरिवाना गराएर छोडिएको र अब उपरान्त अनुमति नलिएको पाइए कानून अनुसार कारबाही गरिने उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले बताए । उनका अनुसार औषधि विक्री वितरणका लागि औषधि व्यवस्था विभागबाट अनुमतिसहित फार्मेसी पढेको जनशक्ति हुनुपर्छ ।

दक्षिण रामपुरस्थित चन्द किराना पसललाई पनि एक हजार रुपैयाँ जरिवाना गराइएको छ । पसल दर्ता नगरेको, किराना पसलका नाममा रक्सी पनि बेच्ने गरेको र म्याद गुज्रेको सामान पाइएपछि जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।

पूर्व रामपुरस्थित लक्ष्मी किराना पसल र रमेश पशुपति किराना पसललाई पनि जरिवाना गराइएको छ । यी दुवै पसलमा अनुमति बिना होटल सञ्चालन गरेर रक्सी बेच्ने गरेको पाइएपछि पहिलो पटकका लागि न्युनतम एक हजार रुपैयाँ जरिवाना गराइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले बताए ।

नियम विपरीत कार्य गर्ने व्यापारिक फर्मलाई पहिलोपटकका लागि एक हजार रुपैयाँ जरिवाना गराएर सम्झाई बुझाई गरेर छोडिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले बताए । अर्कोपटक पनि सोही गल्ती भेटिए कानून अनुसार थप कारवाही गरिने उनले बताए ।

अनुगमन टोलीले विभिन्न २० वटा व्यापारिक फर्ममा अनुगमन गरेको हो । टोलीले हार्डवयर, होटल, किराना पसललगायतमा अनुगमन गरेको हो । उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वको बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य कार्यालय, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । उपमहानगरले उपभोक्ता अधिकार संरक्षण गर्ने उद्देश्यसहित बजार अनुगमनलाई तीब्रता दिएको छ ।

अनुगमनका क्रममा व्यापारिक फर्महरु दर्ता नगरेको पाइएमा दर्ताका लागि केही दिनको समय दिएर पहिलोपटक सम्झाई बुझाई गर्ने गरेको छ । दोस्रोपटकको अनुगमनमा पनि दर्ता नगरेको पाइए वा नियममाअनुसार कार्य नभए अनुगमन टोलीले जरिवाना गर्दै आएको छ ।

 

  • फर्मलाई जरिवाना
बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.