धनगढी- नेपाली काँग्रेस कैलालीको प्रवक्तामा जिल्ला सदस्य प्रेमराज भट्टलाई मनोनीत गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) बमोजिम नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य प्रेमराज भट्टलाई प्रवक्ता पदमा मनोनयन गरेको बताइएको छ ।
बुधवार नेपाली काँग्रेस कैलालीका सचिवद्वारा विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य भट्टलाई नेपाली काँग्रेस पार्टी संगठनलाई थप सुदृढ गतिशील एवं सूचना मैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्न समेत निर्देशन दिएको छ ।














