धनगढी- कैलालीमा एक युवक आफ्नै घरभित्र मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ जमुनानगरका २२ वर्षीय उत्तम वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधवार आफु सुत्ने कोठामा वली मृत अवस्थामा फेला परेका हुन् । शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। भने प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताएको छ।














