धनगढी- धनगढीको त्रिनगर ब्यारेलबाट डोटीका एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट भन्सार छलिका सामानसहित डोटी शिखर नगरपालिका–८ का ३० वर्षीय करन कार्की पक्राउ परेका हुन्।
उनको साथबाट भन्सार छलिका अन्दाजी २८ हजार मूल्य बराबरका साडी, धोती, ब्लाउज लगायतका सामान बरामद भएका छन् । प्रहरीले उनलाई आज ९सोमवार० दिउँसो पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ।













