• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सेती प्रादेशिक अस्पतालमा गरिब जनताको पहुँच बढ्दैछ : अध्यक्ष शाह

  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित

धनगढी- कैलालीको सेती प्रादेशिक अस्पतालमा दश बेड आईसियु, १४ बेड डाईलासिस, तीन बजेपछि विस्तारित स्वास्थ्य सेवाका साथै अस्पतालका लागी २५ बिगाहा जग्गा धनगढी उपमहानगरपालिकाको धुर्जान्नामा बैकल्पिक जग्गा व्यवस्थापन, उपचारमा भिडभाडको अन्त गर्न ,टोकन सिस्टमको थालनी ,सिटी स्क्यानको सुविधा, प्राविधिक स्वास्थ्य शिक्षण संस्थाको विकासका लागी सिटीभिटीमा दर्ताप्रकृयालाई अगाडी बढाउन भूमिका खेल्दै छोटो समयमा नै निमुखा गरिब जनतासम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउन सफल भएका सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल )सँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप ।

१. तपाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर आए पछि अस्पतालको स्तरोन्नतिका लागि के गर्नु भयो ?
२०७८ चैत्र ९ गते मेरो नेतृत्वमा व्यवस्थापन समिति यहाँ आएको थियो । हामीले यस सेती प्रादेशिक अस्पतालमा आइसकेपछि दीर्घकालीन र अल्पकालीन योजना बनाइ तत्काल गर्नु पर्ने काम र दीर्घकालीन रुपामा गर्नु पर्ने कामलाई प्राथमिकता दिएर कामको सुरुवात ग¥यौँ । यहाँ थुप्रै समस्याहरू थिए र जटिल थिए । धेरै डिपार्टहरु स्थापना भएका थिएनन् । युरोलोजी,न्यूरोलाजी जस्ता डिपार्टहरु पनि थिएनन् त्यति बेला । धेरै डिपार्टहरु खाली नै थिए । अहिले ती डिपार्ट स्थापना भएका छन् । त्यस्तै धेरै भिडभाडको अवस्था थियो । टोकन स्टिमको व्यवस्था ग¥यौँ । फार्मेसीहरूमा कुनै पनि औषधी पाइने थिएन् । उपकरणको कमी थियो । अर्थोको अप्रेशनको इम्प्लान्ट त्यो पनि पाइँदैनथ्यो । त्यो पनि पाइने बनायौँ,फार्मेसीलाई व्यवस्थित ग¥यौँ । सम्पूर्ण औषधी अहिले फार्मेसीमा पाइन्छ । बिमा अव्यवस्थित थियो,बिमालाई व्यवस्थित ग¥यौँ ।
आइसियु पनि पाँच बेड थियो त्यसलाई हामीले १० बेड थपेर १५ बेडमा बिस्तार ग¥यौँ । सिटी स्क्यान थिएन् त्यसलाई पनि व्यवस्थित सुचारु ग¥यौँ । साधन श्रोत जनशक्तिको अभाव हुँदाहुँदै पनि त्यसलाई सुचारु ग¥यौँ । १४ बेड डाइलासिस पनि चलायौँ त्यहाँ पनि जनशक्ति पर्याप्त थिएन् । १० ओटा डाइलासिस मेसिन मेरै पहलमा काठमाण्डौँबाट ल्यायौँ । आइसियुमा पनि जनशक्ति कम थियो त्यो पनि अगाडि बढायौँ ।
यसलाई शिक्षण संस्थाको रूपमा अगाडि बढाउनु पर्छ भनेर मैले नर्सिङ कलेज स्थापनाका लागि ल्याब,एचए,स्टाफ नर्स पढाउनका लागि सिटीइभिटीमा प्रपोजल दर्ता गरेको छु । सेती बहुप्राविधिक शिक्षालय भनेर नामाकरण गरेर अगाडि बढाउन गइरहेका छौँ । आउँदो वर्ष सुरु हुन्छ होला । यसका लागि जग्गाको व्यवस्थापनका लागि यहाँबाट १७ किलोमिटर नजिकै धुर्जन्नामा त्यहाँको समुदायसँग समन्वय गरेर २५ बिगाहा जग्गा पनि उपलब्ध गरेका छौँ । सेती प्रादेशिक अस्पतालको नाममा लालपुर्जा थिएन । यसलाई पनि मैले पहल गरेर अस्पतालको नाममा लालपुर्जा आएको छ । एमआरआई आउने क्रममा छ । असोजसम्म आउँछ भनेको छ टेन्डर परेको कम्पनीले भनेको छ,त्यो बेलासम्म आउँछ होला । टेली मेडिसिन सेवा सुरु गरिएको छ । दूर दराजका बस्तीहरूमा कन्सल्टेन्ट डक्टरहरूले सहजै सेवा दिन सक्छ र बिरामीले सेवा लिन सक्छ । खानेपानी,सरसफाइलाई लगायतका सुधार गरेका छौँ । इमर्जेन्सी,लास घरलाई पनि व्यवस्थित गरेका छौँ । दुई तिन ओटा कुरामा अझै समस्या छ । भिडभाड हटेको छैन फार्मेसी,काउन्टरमा पनि त्यतिकै भिडभाड छ । अप्रेशनका लागि पनि लामो समय कुर्नु पर्ने समस्या छ त्यो पनि केही समयपछि हल हुन्छ । अप्रेशनका पेन्डिङ केसहरु पनि छिटोभन्दा छिटो उपचार गर्ने प्रयासमा छौँ ।

२. अस्पतालमा सुशासनको अवस्था कस्तो छ ?
सुशासनका जुन कुरा आइरहेको छ । सुशासनका केही समस्याहरू आइरहेका छन् । जो कार्यशैली,जनशक्ति परिचालनका कुरा आइरहेको छ,बिस्तारै प्रशासनलाई चुस्त दुरुस्त बनाउने,भ्रष्टाचारमा शुन्यसहशिलता अपनाउने,प्रशासनलाई पारददर्शी बनाउने,सबै कर्मचारीलाई मोटिभेट गर्ने,मुस्कानसहितको सेवा दिने,स्वास्थ्य क्षेत्रमा आइसकेपछि स्वास्थ्य क्षेत्र जस्तो अनुभूति गराउने हामीले केही योजनाहरू बनाएका छौँ ।

३. गरिब,निमुखा नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुगेको छ ?
निश्चित रूपमा पनि अहिले तपाई देख्न सक्नुहुन्छ १५ सय भन्दा बढी बिरामी हाम्रो ओपिडीमा आउँछन् । ती भनेका गरिब भन्दा गरिब जसको स्वास्थ्यमा पहुँच छैन,जोसँग पैसा छैन,पैसा नहुने,,विपन्न गरिब,जेष्ट नागरिक मापदण्ड भित्र पर्ने नागरिकलाई १० हजारसम्मको निःशुल्क उपचार गरेका छौँ । अस्पतालमा लिने शुल्क पनि देशैभरीमा सबैभन्दा सस्तो छ । मेजर अप्रेशनका मात्रै पनि शुल्क अहिले ३५ सय छ । सेती प्रादेशिक अस्पताल गरिब भन्दा पनि गरिबको पहुँच भएको,निमुखाको स्वास्थ्य उपचार गर्ने अन्तिम गन्तव्य बनेको छ । यहाँका जनताले उपचार नपाएर मर्न नपरोस् भन्ने हाम्रो चाहाना छ । सामान्य उपचारका लागि लखनउ,बरेली,काठमाडौँ,नेपालगन्ज धाउन नपरोस्,रेफर हुन नपरोस् भन्ने हाम्रो उद्देश्य छ ।

४.उपचारका लागि अन्यत्र जानु पर्ने अवस्था कम भयो त ?
अहिले सेती अस्पतालबाट ५ प्रतिशत बिरामी मात्रै रेफर हुन्छन् । एकदम जटिल छ भने मात्रै हो नत्र रेफर हुदैन् । सबै उपचार यहीँ हुन्छ यो आफै रेफरल सेन्टर हो । त्यसो भएका कारण धेरै भन्दा धेरै कम बिरामी रेफर हुने गर्छन् । अहिले सामान्य उपचारका लागि बाहिर जानुपर्ने स्थिति अन्त्य भएको छ ।

५. यस अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि तपाईँका अन्य केही योजना छन् ?
यस अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्ने हाम्रो अठोट छ । हामी लागिपरेका छौँ त्यो योजना हामीले बनाएका छौँ । सबैबाट सहयोग समर्थन रहे,सहकार्य र समन्वय रहेछ भने यो अस्पताललाई वास्तविकरुपमा सुविधा सम्पन्न अस्पताल बनाउन पछि पर्दैनौँ,बनाउँछौ । निकट भविष्यमै यसको विकास विस्तार गर्छौँ भन्ने मलाई लागेको छ । त्यस्तै इएचएस मार्फत जति पेन्डिङ केसहरु छन् त्यो विस्तारित स्वास्थ्य सेवाबाट हल गर्छौँ । एमआरआई चलाउँछौँ । जनशक्ति व्यवस्थापन गर्छौँ,काउन्टर विस्तार,फार्मेसी विस्तार गर्छौँ,वार्डहरू ठुलो बनाउँछौँ । सबैलाई व्यवस्थित गर्छौँ जनशक्ति थप्छौँ,बिमा,सामाजिक सेवा इकाईलाई व्यवस्थित बनाउँछौँ । हाम्रा ४५ वटा डिपार्टहरु छन् हरेक डिपार्टहरुलाई व्यवस्थित गर्छौँ । जहाँ समस्या उत्पन्न हुन्छ त्यसलाई समाधान गर्नका लागि टिम बनाउँछौँ । समन्वय सहकार्य गरेर समस्या समाधान तिर लाग्छौँ । क्यान्टिन,पार्किङका,केही जनशक्तिका समस्याहरू छन् बिस्तारै हल गर्न तिर गइरहेका छौँ । आवश्यक अन्य उपकरणका लागि पनि मैले केन्द्रमा पहल गरेको छु ।

  • अस्पतालमा गरिब जनता
सोमबार, असोज ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.