• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सेती प्रादेशिक अस्पतालमा गरिब जनताको पहुँच बढ्दैछ : अध्यक्ष शाह

  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित

धनगढी- कैलालीको सेती प्रादेशिक अस्पतालमा दश बेड आईसियु, १४ बेड डाईलासिस, तीन बजेपछि विस्तारित स्वास्थ्य सेवाका साथै अस्पतालका लागी २५ बिगाहा जग्गा धनगढी उपमहानगरपालिकाको धुर्जान्नामा बैकल्पिक जग्गा व्यवस्थापन, उपचारमा भिडभाडको अन्त गर्न ,टोकन सिस्टमको थालनी ,सिटी स्क्यानको सुविधा, प्राविधिक स्वास्थ्य शिक्षण संस्थाको विकासका लागी सिटीभिटीमा दर्ताप्रकृयालाई अगाडी बढाउन भूमिका खेल्दै छोटो समयमा नै निमुखा गरिब जनतासम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउन सफल भएका सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल )सँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप ।

१. तपाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर आए पछि अस्पतालको स्तरोन्नतिका लागि के गर्नु भयो ?
२०७८ चैत्र ९ गते मेरो नेतृत्वमा व्यवस्थापन समिति यहाँ आएको थियो । हामीले यस सेती प्रादेशिक अस्पतालमा आइसकेपछि दीर्घकालीन र अल्पकालीन योजना बनाइ तत्काल गर्नु पर्ने काम र दीर्घकालीन रुपामा गर्नु पर्ने कामलाई प्राथमिकता दिएर कामको सुरुवात ग¥यौँ । यहाँ थुप्रै समस्याहरू थिए र जटिल थिए । धेरै डिपार्टहरु स्थापना भएका थिएनन् । युरोलोजी,न्यूरोलाजी जस्ता डिपार्टहरु पनि थिएनन् त्यति बेला । धेरै डिपार्टहरु खाली नै थिए । अहिले ती डिपार्ट स्थापना भएका छन् । त्यस्तै धेरै भिडभाडको अवस्था थियो । टोकन स्टिमको व्यवस्था ग¥यौँ । फार्मेसीहरूमा कुनै पनि औषधी पाइने थिएन् । उपकरणको कमी थियो । अर्थोको अप्रेशनको इम्प्लान्ट त्यो पनि पाइँदैनथ्यो । त्यो पनि पाइने बनायौँ,फार्मेसीलाई व्यवस्थित ग¥यौँ । सम्पूर्ण औषधी अहिले फार्मेसीमा पाइन्छ । बिमा अव्यवस्थित थियो,बिमालाई व्यवस्थित ग¥यौँ ।
आइसियु पनि पाँच बेड थियो त्यसलाई हामीले १० बेड थपेर १५ बेडमा बिस्तार ग¥यौँ । सिटी स्क्यान थिएन् त्यसलाई पनि व्यवस्थित सुचारु ग¥यौँ । साधन श्रोत जनशक्तिको अभाव हुँदाहुँदै पनि त्यसलाई सुचारु ग¥यौँ । १४ बेड डाइलासिस पनि चलायौँ त्यहाँ पनि जनशक्ति पर्याप्त थिएन् । १० ओटा डाइलासिस मेसिन मेरै पहलमा काठमाण्डौँबाट ल्यायौँ । आइसियुमा पनि जनशक्ति कम थियो त्यो पनि अगाडि बढायौँ ।
यसलाई शिक्षण संस्थाको रूपमा अगाडि बढाउनु पर्छ भनेर मैले नर्सिङ कलेज स्थापनाका लागि ल्याब,एचए,स्टाफ नर्स पढाउनका लागि सिटीइभिटीमा प्रपोजल दर्ता गरेको छु । सेती बहुप्राविधिक शिक्षालय भनेर नामाकरण गरेर अगाडि बढाउन गइरहेका छौँ । आउँदो वर्ष सुरु हुन्छ होला । यसका लागि जग्गाको व्यवस्थापनका लागि यहाँबाट १७ किलोमिटर नजिकै धुर्जन्नामा त्यहाँको समुदायसँग समन्वय गरेर २५ बिगाहा जग्गा पनि उपलब्ध गरेका छौँ । सेती प्रादेशिक अस्पतालको नाममा लालपुर्जा थिएन । यसलाई पनि मैले पहल गरेर अस्पतालको नाममा लालपुर्जा आएको छ । एमआरआई आउने क्रममा छ । असोजसम्म आउँछ भनेको छ टेन्डर परेको कम्पनीले भनेको छ,त्यो बेलासम्म आउँछ होला । टेली मेडिसिन सेवा सुरु गरिएको छ । दूर दराजका बस्तीहरूमा कन्सल्टेन्ट डक्टरहरूले सहजै सेवा दिन सक्छ र बिरामीले सेवा लिन सक्छ । खानेपानी,सरसफाइलाई लगायतका सुधार गरेका छौँ । इमर्जेन्सी,लास घरलाई पनि व्यवस्थित गरेका छौँ । दुई तिन ओटा कुरामा अझै समस्या छ । भिडभाड हटेको छैन फार्मेसी,काउन्टरमा पनि त्यतिकै भिडभाड छ । अप्रेशनका लागि पनि लामो समय कुर्नु पर्ने समस्या छ त्यो पनि केही समयपछि हल हुन्छ । अप्रेशनका पेन्डिङ केसहरु पनि छिटोभन्दा छिटो उपचार गर्ने प्रयासमा छौँ ।

२. अस्पतालमा सुशासनको अवस्था कस्तो छ ?
सुशासनका जुन कुरा आइरहेको छ । सुशासनका केही समस्याहरू आइरहेका छन् । जो कार्यशैली,जनशक्ति परिचालनका कुरा आइरहेको छ,बिस्तारै प्रशासनलाई चुस्त दुरुस्त बनाउने,भ्रष्टाचारमा शुन्यसहशिलता अपनाउने,प्रशासनलाई पारददर्शी बनाउने,सबै कर्मचारीलाई मोटिभेट गर्ने,मुस्कानसहितको सेवा दिने,स्वास्थ्य क्षेत्रमा आइसकेपछि स्वास्थ्य क्षेत्र जस्तो अनुभूति गराउने हामीले केही योजनाहरू बनाएका छौँ ।

३. गरिब,निमुखा नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुगेको छ ?
निश्चित रूपमा पनि अहिले तपाई देख्न सक्नुहुन्छ १५ सय भन्दा बढी बिरामी हाम्रो ओपिडीमा आउँछन् । ती भनेका गरिब भन्दा गरिब जसको स्वास्थ्यमा पहुँच छैन,जोसँग पैसा छैन,पैसा नहुने,,विपन्न गरिब,जेष्ट नागरिक मापदण्ड भित्र पर्ने नागरिकलाई १० हजारसम्मको निःशुल्क उपचार गरेका छौँ । अस्पतालमा लिने शुल्क पनि देशैभरीमा सबैभन्दा सस्तो छ । मेजर अप्रेशनका मात्रै पनि शुल्क अहिले ३५ सय छ । सेती प्रादेशिक अस्पताल गरिब भन्दा पनि गरिबको पहुँच भएको,निमुखाको स्वास्थ्य उपचार गर्ने अन्तिम गन्तव्य बनेको छ । यहाँका जनताले उपचार नपाएर मर्न नपरोस् भन्ने हाम्रो चाहाना छ । सामान्य उपचारका लागि लखनउ,बरेली,काठमाडौँ,नेपालगन्ज धाउन नपरोस्,रेफर हुन नपरोस् भन्ने हाम्रो उद्देश्य छ ।

४.उपचारका लागि अन्यत्र जानु पर्ने अवस्था कम भयो त ?
अहिले सेती अस्पतालबाट ५ प्रतिशत बिरामी मात्रै रेफर हुन्छन् । एकदम जटिल छ भने मात्रै हो नत्र रेफर हुदैन् । सबै उपचार यहीँ हुन्छ यो आफै रेफरल सेन्टर हो । त्यसो भएका कारण धेरै भन्दा धेरै कम बिरामी रेफर हुने गर्छन् । अहिले सामान्य उपचारका लागि बाहिर जानुपर्ने स्थिति अन्त्य भएको छ ।

५. यस अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि तपाईँका अन्य केही योजना छन् ?
यस अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्ने हाम्रो अठोट छ । हामी लागिपरेका छौँ त्यो योजना हामीले बनाएका छौँ । सबैबाट सहयोग समर्थन रहे,सहकार्य र समन्वय रहेछ भने यो अस्पताललाई वास्तविकरुपमा सुविधा सम्पन्न अस्पताल बनाउन पछि पर्दैनौँ,बनाउँछौ । निकट भविष्यमै यसको विकास विस्तार गर्छौँ भन्ने मलाई लागेको छ । त्यस्तै इएचएस मार्फत जति पेन्डिङ केसहरु छन् त्यो विस्तारित स्वास्थ्य सेवाबाट हल गर्छौँ । एमआरआई चलाउँछौँ । जनशक्ति व्यवस्थापन गर्छौँ,काउन्टर विस्तार,फार्मेसी विस्तार गर्छौँ,वार्डहरू ठुलो बनाउँछौँ । सबैलाई व्यवस्थित गर्छौँ जनशक्ति थप्छौँ,बिमा,सामाजिक सेवा इकाईलाई व्यवस्थित बनाउँछौँ । हाम्रा ४५ वटा डिपार्टहरु छन् हरेक डिपार्टहरुलाई व्यवस्थित गर्छौँ । जहाँ समस्या उत्पन्न हुन्छ त्यसलाई समाधान गर्नका लागि टिम बनाउँछौँ । समन्वय सहकार्य गरेर समस्या समाधान तिर लाग्छौँ । क्यान्टिन,पार्किङका,केही जनशक्तिका समस्याहरू छन् बिस्तारै हल गर्न तिर गइरहेका छौँ । आवश्यक अन्य उपकरणका लागि पनि मैले केन्द्रमा पहल गरेको छु ।

  • अस्पतालमा गरिब जनता
सोमबार, असोज ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.