कैलाली- कैलालीको गेटाबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाबाट खुनाटोलका २५ वर्षीय हरि कुमार खुना लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले १३० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ परेका खुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।













