कञ्चनपुर- कञ्चनपुरमा निल गाई मृत अवस्थामा फेला परेको छ।जिल्लाको बेलौरी नगरपालिका–१ स्थित मटैयामा आइतबार बिहान निल गाई मृत अवस्थामा फेला परेको हो।
उक्त भाले निल गाई मृत अवस्थामा फेला परेको कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बताए। उक्त मृत निल गाईलाई स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मी लगायत स्थानीयको रोहवरमा खाल्डोमा गाडिएको छ।














