कञ्चनपुर- कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षीय प्रेमसिंह ऐर आफ्नै घरमा शुक्रवार मृत अवस्थामा फेला परेका हुन्।
घटनाको बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।













