अछाम- अछाममा लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मंगलसेन नगरपालिका–३ बस्ने नरेश विक र डम्मर साउदलाई लागूऔषधसहित पक्राउ गरिएको अछाम प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषध जस्तो देखिने ट्याब्लेटहरु बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मंगलसेन पठाईएको छ ।














