बैतडी- बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका–२ स्यागैरमा से १ ज ६८७ नम्बरको जिप अनियन्त्रित भएर शुक्रवार बिहान सडक छेउमै पल्टिएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट जन्ती बोकेर पाताल भुवनेश्वरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका बताए ।
घाइते हुनेमा दशरथचन्द नगरपालिका१ का १५ बर्षीया डम्मरी भट्ट, १५ बर्षीया पूजा भट्ट र १२ वर्षीय सुशील भट्ट रहेका छन् । उनीहरूको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । जिप चालक पदमसिंह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













