• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

धनगढीको मुख्य सडक तेस्रोपटक म्याद सकिँदा पनि बनेन

  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित

धनगढी- तेस्रोपटक थप गरिएको समयावधि सकिए पनि धनगढी मुख्य बजार क्षेत्रको सडक निर्माणको काम पूरा हुन सकेको छैन । एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले धनगढीमा मुख्य बजारसहित नगरभित्र १०.६०७ किलोमिटर अत्याधुनिक सडक निर्माण गरिरहेको छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत ७६ करोड ९० लाख ७६ हजार रुपैयाँ लागतमा फुटपाथ, नाली र सडक बत्ती भएको आधुनिक सडक निर्माण भइरहेको हो ।

कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको यी सडक निर्माणमा भने चरम ढिलासुस्ती भइरहेको छ । हालसम्म सडक निर्माणको प्रगति करिब ८३ प्रतिशत मात्र रहेको आयोजना कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले बताए । आयोजना कार्यालयका अनुसार मुख्य बजार क्षेत्रको सडक निर्माणको काम ६० प्रतिशत मात्र भएको छ ।

१०.६०७ किलोमिटर सडक निर्माणका लागि तेस्रोपटक थप गरिएको अवधि गत १४ कात्तिकमा सकिएको छ । तेस्रोपटक थप गर्दा पनि काम पूरा नभएपछि चौथोपटकका लागि तीन महिना म्याद थप्न केन्द्रमा सिफारिस गरिएको सूचना अधिकारी कलौनीले बताए । अहिलेकै गतिमा काम भए थप गरिएको अवधिमा पनि आयोजनाले पूर्णता नपाउने देखिएको आयोजना कार्यालयले जनाएको छ ।

‘अहिले परिचालन भएको जनशक्ति र उपकरण तथा अहिलेकै काम गराइको गतिले चौथोपटक थप गरिएको समयभित्र पनि सडक निर्माणको काम पूरा हुने देखिँदैन,’ उनले भने, ‘जनशक्ति र उपकरण थप गर्ने हो भने अब धेरै समय पनि लाग्दैन ।’ निर्माण कम्पनीले ६ महिना म्याद थपको माग गरे पनि आगामी ३१ जनवरीसम्म मात्र म्याद थप भएको उनले जानकारी दिए ।

सडक निर्माणमा भइरहेको ढिलाइले सर्वसाधारणले सास्ती व्यहोरिरहेका छन् । मुख्य बजार क्षेत्रको सडक अस्तव्यस्त हुँदा आवतजावतमा समस्या हुनुका साथै व्यापार व्यवसायसमेत प्रभावित भएको छ । निर्माणाधीन सडकका खाल्टाखुल्टी र धुलोले आउजाउ गर्न समस्या हुने गरेको स्थानीय सिद्धराज जोशीले बताए ।

मुख्य बजार क्षेत्रमा नाली निर्माणको काम पूरा भएर अहिले भरान गर्ने र बीचमा मिडियन निर्माण गर्ने काम भइरहेको छ । मुख्य बजारमा विद्युत्का पोलको मापदण्डमा प्राविधिक समस्या देखिएकाले पनि सडकको काम केही प्रभावित भएको थियो । ‘विद्युत्का पोलको उचाइ नौ मिटर हुने हाम्रो स्टिमेट थियो, तर विद्युत् प्राधिकरणको मापदण्ड ११ मिटर हुनुपर्ने रहेछ, यसले केही समय ढिला भयो,’ आयोजना प्रमुख रमेश थिङले भने ।

यी सडक दुई वर्षभित्र निर्माण गरिसक्ने सर्तसहित कालिका कन्स्ट्रक्सनसँग २८ असार ०७७ मा सम्झौता भएको थियो । दोस्रोपटक थप गरिएको अवधि सकिएपछि मात्र निर्माण कम्पनीले मुख्य बजार क्षेत्रमा सडक निर्माणको काम अगाडि बढाएको थियो । बजार क्षेत्रमा विद्युत्को पोलका कारण केही समय काम प्रभावित भए पनि अन्य खण्डमा भने निर्माण कम्पनीका कारण कामले पूर्णता पाउनमा ढिलासुस्ती भएको आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले भने सडकको क्षेत्राधिकार र विद्युत्का पोलमा समस्या हुँदा काममा ढिलाइ भएको दाबी गरेको छ । नयाँपत्रिकाबाट

 

  • मुख्य सडक
आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.