धनगढी- अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिकामा जिप दुर्घटना भएको हो। जिल्लाको तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेको से १ ज ७७५ नम्बरको जिप दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ।
अछाम जिल्ला अस्पताल सडक खण्डमा दुर्घटना भएको अछाम प्रहरीले बताएको छ।जिपमा सवारहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।













