डडेल्धुरा – डडेल्धुराको आइतबजार नजिक जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप बुधबार दिउँसो दुर्घटनामा परेको हो ।
जिप दुर्घटना हुँदा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जिप पल्टिएर च्यापिएपछि एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।













