धनगढी- कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ९२ जनामा नेगेटिभ देखिएको छ।
प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदूरपश्चिममा भित्रिनेमा दिनहुँ कोरोना संक्रमण देखिन थालेको छ। गत हप्ता बुधवार र बिहीबार पनि दुई/दुई जनामा कोरोना संक्रमण देखिएको थियो।













