कञ्चनपुर – कञ्चनपुरमा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१७ वर्षिया बालिकामाथि २ जनाले बलात्कार गरेका हुन । बलात्कारको आरापेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बलात्कार गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय प्रेम प्रकाश जोशी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताएका छन ।
पिडित बालिकाको जाहेरीका आधारमा जोशीलाई पक्राउ गरिएको उनले बताए । उनले पौष १० गते झिसमिसे अध्यारोमा बालिकालाई घर नजिकै बोलाइ दुई जनाले बलात्कार गरेको बताए ।
‘पीडित बालिकामाथि बलात्कार भएको घटनाबारे प्रहरीमा उजुरी परेको छ । उजुरीमा उल्लेखित एक जनालाई पक्राउ गरिसक्यौ । अर्काको खोजी कार्य जारी छ’ डिएसपी डाँगीले भने ‘घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’













