धनगढी- कैलालीबाट लागूऔषसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको टीकापुरको–९ नम्बर वडा खक्रौलाबाट १ ग्राम ४७० मिलीग्राम लागूऔसधसहित टीकापुर–२ का १८ वर्षीय निराजन चौधरी पक्राउ परेका हुन्।
त्यस्तै टीकापुर–५ का २० वर्षीय बिकास पुनमगर र सोहि ठाउँका २२ वर्षीय चन्द्र विष्ट पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टीकापुरबाट सादा पोशामा खटिएको प्रहरी टोलिले तीनै जनालाई पौष १६ गते पक्राउ गरेको थियो। जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका सुचना अधिकारी लोकराज अवस्थीले बताए।













