अछाम- अछाममा चार जुवाडे पक्राउ परेका छन्। जिलाको मंगलसेन नगरपालिका५ मंगलसेन बजारका ५६ वर्षीय अर्जुनसिंह बिष्टको सिलाई कटाई पसलको कोठा भित्र जुवा तास खेलिरहेको अवस्थामा उनीसहित चार जना बिहीबार पक्राउ परेका हुन्।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २३ हजार ६ सय ३० र ४ गड्डी ताससहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पाठकले जानकारी दिए।













