काठमाडौँ- नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धन गर्दा भागबन्डामा परेको एक सिटमा चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवारी मनोनयन गराउन चन्द धनगढी जाँदैछिन् । २०६४ सालको संविधानसभा निर्वाचनमा चन्द बैतडीबाट निर्वाचित भएकी थिइन् ।













