कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागू औषध चरेससहित बझाङको केदास्युँ गाउँपालिका वडा नम्बर ६ बस्ने ६३ वर्षीय नर बहादुर धामीलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा धामीले बोकिराखेको झोलाबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरेर उक्त पदार्थ सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













