कञ्चनपुर- कञ्चनपुरबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अवस्थामा बैतडीको दशरथचन्द नगरपालिका–११ स्थायी घर भएका सोही होटल सञ्चालक ३७ वर्षीय गणेशसिंह बुडालसहित पाँच जना मंगलवार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई नगद ४८ हजार दुई सय ६० र एक गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।














