कञ्चनपुर- कञ्चनपुरबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ नम्बर १ गल्लीस्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा बेदकोट नगरपालिका-९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारीसहित पाँच जना शुक्रवार साँझ पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनीहरूलाई नगद ४४ हजार ९४ रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।













