धनगढी- धनगढीमा एक घरमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–१२ ‘ए’ गाउँका त्रिलोक सिंहको घरमा आगलागी भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार सिंहको काठले बनेको तीन कोठे घरमा आगो लागेर अन्नपात, भाँडावर्तन, लता कपडा लगायतका सामान जलेका छन् । आगलागीबाट दश लाखको क्षति भएको बताइएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।













