कञ्चनपुर- कञ्चनपुरका निजी विद्यालयहरूले आज (सोमबार) देखि १० गते सम्मका लागि तीन दिन बिदा दिने निर्णय गरेका छन् । निजी विद्यालयहरूका छाता संगठन प्याब्सन र एन–प्याब्सन दुवैले कञ्चनपुरमा माघ ८ देखि १० गते सम्म विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।
कञ्चनपुरमा अत्यधिक चिसो बढेका कारण पठनपाठन कार्य असहज हुनुका साथै विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिने बिदा दिने निर्णय गरिएको एन–प्याब्सनका सचिव बलदेव भट्ट र प्याब्सन कञ्चनपुरका सचिव राकेशबहादुर चन्दले बताए ।कञ्चनपुरका निजी विद्यालयहरू माघ ११ गते देखि सञ्चालनमा आउनेछन् ।













