बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। बुढीगंगा नगरपालिकाको वडा नम्बर ७ को वडा कार्यालयमा तालाबन्दी गरिएको हो।
लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन्।
नेपाली काँग्रेसका प्रतिनिधि वीर बहादुर केसी, नेकपा एमालेका प्रतिनिधि प्रेम बहादुर विष्ट, नेकपा माओवादी केन्द्रका प्रतिनिधि भक्त विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधि दीपक बहादुर केसीको संयुक्त हस्ताक्षर सार्वजनिक सूचना टाँस गर्दै तालाबन्दी गराएको जानकारी गराएको छ। उनीहरूले सार्वजनिक सूचना टाँस गर्दै वडा सचिव र प्राविधिकको व्यवस्था नभएसम्म तालाबन्दी नखोलिने जनाएका छन्।














