बैतडी- बैतडीमा वडा कार्यालय सहयोगी मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका८ कोटिगाँउका कार्यालय सहयोगी लक्ष्मण सिंह विष्ट मृत फेला परेका हुन् ।
बिहान उपचारको लागि धनगढी जान्छु भनी हिँडेका कार्यालय सहयोगी विष्ट वडाकै हरडा खान धर्मशालाको उकालो बाटोमा शुक्रवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।
आफन्त स्रोतका अनुसार विष्ट प्रेसर र सुगर रोगबाट ग्रसित थिए । विष्टलाई स्थानीयले बाटोमा घोप्टिएको अवस्थामा भेटेका थिए ।स्थानीयले देखेपछि प्रहरीलाई खबर भएपछि प्रहरी घटना स्थल पुगेको प्रहरी प्रवक्ता जोशीले बताए ।
अहिले मृतक विष्टको शव मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मेलौलीमा राखिएको छ। शवको पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जोशीले बताए।













