बझाङ- बझाङमा बाघले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रबेन्द्र खातीका जम्मा १८ वटा बाख्रा जङ्गलमा चराउन लिएको अवस्थामा १८ मध्य ११ वटा बाख्रा शनिवार बाघले मारेको हो ।
वडाध्यक्ष खातीका बाख्रा कालापानी बिसौनाको जङ्गलमा चराउन लिएका थिए, बाघले आक्रमण गरी १८ वटा मध्ये एक बोका, ६ बाख्रा, दुई खसी, दुई पाठा गरी जम्मा ११ वटा बाख्रा मारेको र एक वटा घाइते भएको र ६ वटा बाख्रा सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एंव प्रहरी निरीक्षक दीपेश चौधरीले जानकारी दिए ।













