कञ्चनपुर- कञ्चनपुरमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ स्थित महाकाली नदिमा निर्माणाधीन पक्की पुलबाट अवैध कोडिन नामक १०० एमएलको ५ बोतल लागू औषधसहित शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २१ वर्षीय निर्मल कुमार सुनार र पुनर्वास नगरपालिका–७ बस्ने ३० वर्षीय बलराम सुनार आइतबार साँझ पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले उनीहरूले प्रयोग गरेको मोटरसाइकल भित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।














