डडेल्धुरा- डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना ६ख ५४५० नम्बरको बस बुधबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ । प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताए ।













