बाजुरा- बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको त्रिबेणी नगरपालिका–४ घट्टेखोला स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय रुपक साउँद बिहीवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भई रहेको जनाइएको छ।













