धनगढी- कैलालीको धनगढीमा तीज महोत्सव २०७९ तथा उर्जाशील उद्ममी मेला लाग्ने भएको छ । धनगढी लेडीज जेसीज ,लाईन्स क्लव अफ धनगढी कुईन ,सुपकला प्रतीष्ठान र हेल्फ प्राईभेट लिमिटेडको आयोजनामा धनगढीमा उर्जाशील उद्ममी मेला लाग्ने भएको हो । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै तिजको विषेश उपलक्ष्यमा धनगढी १ बुद्ध मन्दिरको प्रङ्गणमा श्रावण २७ गतेदेखि सञ्चालन भई २८ गते सम्म उक्त उर्जाशील उद्ममी मेला हुने भएको आयोजक टिमले जनाएको छ ।
यस्तै उक्त उर्जाशील उद्ममी मेलालाई समाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाले प्रबर्द्धन गरेकोमा मिडिया पार्टनरमा धनगढी पोष्ट न्यूज रहेको छ । महिलाहरूको सीप प्रदर्शन तथा सशक्तीकरणका लागी उक्त कार्यक्रमको आयोजना गरिएको धनगढी लेडीज जेसीजकी वर्तमान अध्यक्ष सरस्वती भट्टको तर्क छ ।
संस्कृति प्रबर्द्धनमा जोड दिने उदेश्यका साथ महिलाको क्षमता विकास तथा उजागरणका लागी विगत भन्दा फरक किसिमले विभिन्न दात्री निकायको समन्वय र सहयोगमा तीज महोत्सव २०७९ तथा उर्जाशील उद्ममी मेला हुने भएको बताइएको छ ।













