धनगढी- सहमती जुटन नसकेपछी नेकपा एमाले कैलालीको अध्यक्षमा ४ जनाले उम्मेदवारी घोषणा गरेका छन । एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले यस अघी नै उम्मेदवारी घोषणा गरेका थिए भने सचिव डेजी पाण्डे, यज्ञ ढुंगाना र कमल रानाले अध्यक्षका लागि आज उम्मेदवारी घोषणा गरेको नेकपा एमालेका नेता मदन रेग्मी ले निशाना न्युज लाई जानकारी दिए । अन्तिम नामावली सार्बजनिक भएको छैन तर थप तिन जनाले आज उम्मेदवारी घोषणा गरी सकेका छन उनले भने अनितम नामावली कहीबेरमा आउदै छ ।
उनले नयाँ नेतृत्व चयनका लागि दिउँसो २ बजेबाट मतदान सुरु हुने कार्यतालिका रहेको बताए । आज अधिबेशनको चौथो दिन हो सहमतीको प्रयास असफल भएपछि आआफनो प्यानल सहित अध्यक्षका उम्मेदवार चुनावी मैदानमा हामीएका छन ।













