धनगढी- विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिले धनगढीमा ‘एक्सपर्ट एजुकेशन फेयर २०२२’ आयोजना गर्ने भएको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलन गरी एक्सपर्टले साउन ३० गते धनगढीमा शैक्षिक मेला आयोजना गर्ने जनाएको हो ।
विशेष गरी अष्ट्रेलिया, युके, क्यानाडा र युकेएसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज मार्केटीन अफिसर हरिकिसन चौधरीले बताए । मेलामा अष्ट्रेलिया, क्यानाडा र युके विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूसँग विद्यार्थीले प्रत्यक्ष संवाद गर्ने मौका पाउने एक्सपर्ट एजुकेशनका मार्केटीन अफिसर चौधरीले बताए ।
उनले हालसम्म ३५ जना विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाएको बताए । मेलामा २५० जना विद्यार्थीहरुको सहभागिता रहने उनको भनाइ छ ।













