दार्चुला- मार्मा गाउँपालिका–२ लटिनाथ बजारबाट प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । आइतबार साँझतिर नौगाड गाउँपालिका–४ सिप्टीका अन्दाजी ३६ वर्षिय शेरसिह धामीलाई बाघको छालासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मार्माको लटिनाथ बजारबाट दुई वटा पहाडी बाघको छालासहित धामीलाई नियन्त्रणमा लिएको बताएका छन् । उनले प्रहरीको गोप्य सूचनाको आधारमा धामीलाइ चेकजाँच गर्दा धामीको साथमा रहेको झोलाभित्र दुई वटा बाघको छाला भेटिएका थिए ।
अहिले बाघको छालासहित नियन्त्रणमा लिएका धामीलाई इलाका प्रहरी कार्यालय लटिनाथमा रहेको र सदरमुकाम ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













