धनगढी- धनगढीमा होटलमा जुवातास खेलिरहेको अवस्थामा सात जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मोती चोकस्थित कैलाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित सात जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा धनगढी–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउद लगायत सात जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय ५० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।













