अछाम- अछाम ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको रामारोसन गाउँपालिका–३ सितारपानीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। अछामको जैगडीबाट बालुवा बोकेर रामारोसन गाउँपालिका जाँदै गरेको से १ त ३१४८ नम्बरको ट्याक्टर रामारोसन गाउँपालिका–३ सितारपानीमा दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ।
ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका–९ का कालीचरण चौधरी घाइते भएका छन्। उनको टाउकोमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ट्याक्टरमा चालक बाहेक अन्य व्यक्ति सवार नरहेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













