धनगढी- कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको को घोडाघोडी नगरपालिका–१० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
प्रमुख प्रहरी उपरीक्षक विष्टका अनुसार मृत भेटिनेमा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि कारण पत्ता लागेको छैन् । प्रारम्भिक अनुसन्धानका क्रममा जेठो छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेसनको औषधी खाइरहेको बुझिएको प्रहरी उपरीक्षक विष्टले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














