धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सुदूरपश्चिम प्रदेशका सबै कला संस्कृति र ऐतिहासिक पर्बहरुको संरक्षण र विकासलाई आफूले विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ ।
ओल्के पर्बको अवसरमा हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशद्वारा संयुक्त रुपमा आयोजित बिबिध साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राज्यमन्त्री रैकाले यस्तो बताउनुभएको हो । उहाँले ओल्के पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व भएको बताउदै यस्ता पर्बहरुले आपसी मित्रता र सद्भावलाई थप प्रगाढ बनाउने बताउनुभयो ।
गोदावरी नगरपालिकाको वडा न.७ लालपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रदेशका अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको
कार्यक्रममा हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत (डोटेली कान्छा), गोदावरी नगरपालिका वडा न. ७ का अध्यक्ष कलावती साउँद, समाजसेवी खडक ओलीलगायतले शुभकामना मन्तव्य ब्यक्त राखेका थिए । कलाकारहरुले कार्यक्रममा आ–आफ्नो प्रस्तुति गर्नुका साथै डेउडा खेलेका थिए ।














