कञ्चनपुर- कञ्चनपुरकी २५ वर्षीया शान्तिदेवी धामी मृत्यु प्रकरणमा परिवारकै सदस्यविरुद्ध मुद्दा दर्ता गरिको छ । गएको साउन ३० गेत जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ कालापानीमा धामी मृत फेला परेका थिइन् ।
धामीको मृत्यु भएपछि माइती पक्षले उनकै परिवारका ६ जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
आत्महत्या दुरुत्साहनमा बुधबार माइती पक्षले किटानी जाहेरी दर्ता गरेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । मृतक शान्तिका श्रीमान भने रोजारीको सिलसिलामा भारतमा छन् । प्रहरीकाअनुसार घटना भएका बेला उनी भारतमै थिए । उनका श्रीमानविरुद्ध भने किटानी परेको छैन । मृतकका दुई जना छोराछोरी छन् ।













