धनगढी- कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–६ बड्याहाबाट सोही ठाउँ बस्ने २७ वर्षीय जय किशन चौधरी र १९ वर्षीय रमेश बिष्ट आइतवार पक्राउ परेका हुन्।
दुबै जनालाई एक ग्राम २०० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।













