• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा

  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

कैलाली- सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सम्पन्न गरिएको छ । डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्री भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन् ।

गत शुक्रबार सुदूरपश्चिमको ऐतिहासिक अमरगढी किल्लाबाट ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रियस्तरको साइकल यात्रा–२०८१ का साइकल यात्रीले डोटीको दिपायल–सिलगढी–झिक्राना हुँदै पर्यटकीय क्षेत्र खप्तड–पाटनसम्म पुगेर यात्रा सम्पन्न गरेका हुन् । साइकल यात्रामा सहभागीले एकरात खप्तड क्षेत्रमा बास बस्नुका साथै बुधबार बिहान कैलालीको खानीडाँडाबाट अर्को गन्तव्य तय गर्दै धनगढी पुगेका हुन् ।

“अमरगढी किल्लाबाट साइकल चढेरै डोटीको झिक्राना रुट हुँदै तीन दिनमा खप्तड पुुग्यौँ”, साइकलयात्री सङ्गीता घलेले भने, “साइकल चलाउँदै खप्तडको मनोरम दृश्य हेर्न पाइयो ।” यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्दै आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले यात्रा गरिएको उनको भनाइ छ ।

“खप्तड पर्यटनको विकासका धेरै सम्भावना बोकेको क्षेत्र हो”, घलेले भने, “यहाँको भू–बनोटले समथल पाटन, दहहरु, उकालो ओरालो बाटोहरुमा साइकल चढेर, कहीँकतै बोकेरै जाँदा कठिन भए पनि खप्तड पुगेपछि सबै दुःख बिर्सिएका थियौँ । स्वर्ग छ भने बास्तवमा खप्तड जस्तै छ होला भन्ने लाग्यो ।”

सुदूरपश्चिम आएर साइकलमै खप्तड पुग्ने कुनै कल्पनासम्म पनि नरहेको भन्दै साइकल यात्री नन्दकुुमार महर्जलने सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नसके समग्र देशको आर्थिकस्तर वृद्धि हुनेमा जोड दिए । “सुदूरपश्चिम प्रदेशको पर्यटन इकाइले यो कार्यक्रम गरिदिँदा आज आफ्नो नसोचेको सपना पूरा भएको छ”, उनले भने, “यहाँको पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारले नीतिगत योजना बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ ।”

साइकल यात्राका क्रममा सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रमा लिइएका तस्बिरहरु सामाजिक सञ्जालमा राख्नुका साथै प्रचारप्रसार गर्ने पनि महर्जनले बताए । आफूले अहिलेसम्म घुमेका स्थानभन्दा भिन्नै र मनोरम दृश्य खप्तडमा रहेको उनको भनाइ छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन इकाइ कार्यान्वयन कार्यक्रमको प्रायोजनमा ‘सिके रिचर्स एण्ड ग्रिनरी प्रोमोसन’ प्रालि गोकर्णेश्वर काठमाडौँको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा–२०८१ तय गरिएको थियो ।

साइकल यात्रीका माध्यमबाट सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुका साथै प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय साइकल यात्राको आयोजना गरिएको सिके रिसर्चका प्रमुख छिन्डुम मेनक्पा भोटेले जानकारी दिए।

भारत तथा नेपालका विभिन्न स्थानका गरी ४५ जना साइकल यात्री सहभागी रहेको उक्त यात्राले डडेल्धुराको अमरगढी किल्लाबाट खप्तड र कैलालीको पर्यटकीय क्षेत्र खानीडाँडाबाट धनगढीसम्मको रुटको प्रचारप्रसार गरेको इकाइका निमित्त प्रमुख डबलबहादुर बोहोराले बताए ।

“स्वस्थ जीवनका लागि साइक्लिङ आवश्यक छ सुदूरपश्चिमेलीलाई साइक्लिङकै माध्यमबाट धार्मिक तथा पर्यटकीय क्षेत्रमा टेवा पुगाउन सकिन्छ भन्ने सन्देश पनि यो यात्राले दिएको छ”, उनले भने ।

धनगढीमा साइकलयात्रीलाई बिदाइ तथा सम्मान गर्दै सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले प्रदेशमा रहेका पर्यटकीयस्थलको पहिचान र प्रचारप्रसार गर्न साइकल यात्रामार्फत प्रयास गरिएको बताए । “भू–स्वर्गका रुपमा रहेको खप्तडमा गोरेटो बाटो तथा बास बस्नका लागि वातावरण मैत्री होमस्टे, होटेल बनाउनका लागि थप कार्यक्रम बनाएर कार्यान्वय गर्दै लैजानेछौँ”, उनले भने । रासस

  • साइकल यात्रा
बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.