धनगढी- धनगढीमा १८३ औँ विश्व फोटो ग्राफी दिवसको मनाइएको छ । विश्व फोटो ग्राफी दिवसको अवसरमा बजारमा सरसफाइ गर्ने कर्मचारीहरूलाई सम्मान गरेको हो । नेपाल फोटोग्राफर्स एशोसिएसन धनगढीले आयोजनामा धनगढी उपमहानगरपालिका भित्रका ४२ जना सफाई कर्मचारीहरूलाई नगद सहित सम्मान गरिएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना रहेकी थिइन् । कार्यक्रममा बोल्दै रानाले भनिन् सरसफाइ खटिने कर्मचारीहरूलाई सबैले सम्मान र माया गरिदिनु होला । सरसफाइ कर्मचारीलाई हौसला प्रदान गर्न सम्मान गरिएको एशोसिएसनले जनाएको छ।













