धनगढी- पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौदेखि १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।
सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइनेछ। त्यस्तै कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट रहेका छन् ।













