कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–७ परासनस्थित नारायण रानाको उखुबारीमा कैलालीको गौरीगंगा नगरपालिका–१ का ६२ वर्षी सब्रा चौधरी मृत अवस्थामा फेला परेका हुन्।
रानाको उखुबारीमा तीन वर्षदेखि चौकीदारीको काम गर्दै आएका चौधरीको पुनर्वास नगरपालिका–९ ख गाउँ बस्ने चौधरी मृत अवस्थामा फेला परेपछि यस विषयमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट अनुसन्धान भइरहेको छ।














