• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ७. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ८. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

सहबासका क्रममा परस्त्रीको नाम लिएपछि श्रीमानको घाँटी रेटेर हत्या

  •   सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित

बागलुङ- बागलुङ जिल्लाको निसीखोला गाउँपालिका-४ स्थित निसीखोलामा भदौ १ गते टाउको काटिएको अवस्थामा फेला परेका परेका युवकको हत्या उनकै श्रीमतीले गरेको खुलेको छ । प्रहरीले निसीखोला गाउँपालिका-५ का तुलबहादुर विकको शव भएको पत्ता लगायो। उनको हातमा कोपिएको ट्याटुबाट उनको शव भएको पत्ता लाग्यो । एक हप्ता अगाडि नै हत्या गरेर खोलामा फालिएको रहेछ।

शवको पहिचान खुलेपछि प्रहरीले हत्याराको खोजी सुरु गर्‍यो। हत्याराको खोजी गर्दै चार पाँच वटा शिराबाट अनुसन्धान थालेको प्रहरी तब झस्कियो तब अनुसन्धानका रेखाहरु मृतक विककै श्रीमतीतर्फ सोझियो। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाउँदै गर्दा मृतककी श्रीमती कुमारी कामीको अनुहारमा न श्रीमानको मृत्युका शोक थियो न सुर्ता।

त्यै पनि प्रहरीले अनुसन्धानलाई अरु नै कोणबाट अगाडि बढायो। टाउको छिनाएको अवस्थामा विभत्स शव भेटिएपछि त्यसको अनुसन्धानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोटका इन्सपेक्टर सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवाली आँफै घटनास्थल पुगेका थिए। जिल्ला प्रहरी कार्यालयमा यस अघि कार्यरत रहेर सरुवा भैसकेको इन्सपेक्टर हेम भण्डारी पनि बागलुङ आएको बखत परेकाले त्यो घटनास्थलतर्फ गए। जिल्ला प्रहरी कार्यालय बागलुङमा हत्या आरोपी सार्वजनिक गर्न आईतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा हत्या बारेमा जे तथ्यहरु सार्वजनिक गर्‍यो, त्यो धेरैलाई झस्काउने खालको छ।

प्रहरीले विकको हत्या आरोपमा उनकै श्रीमतीलाई पक्राउ गरेर बयान लिन थालेपछि घटनाको सनसनीपूर्ण विवरण खुल्दै गएको हो। प्रहरीका अनुसार मृतक विक साउन २४ मात्रै काठमाडौंबाट घर फर्किएका थिए। विदेश जानका लागि अप्लाई गर्न काठमाडौं पुगेर घर फर्केका उनी २५ गते दिउँसो साथीहरुसहित मदिरा सेवा गर्न आफू बस्दै आएको घर भन्दा ५ सय मिटर परको भट्टी पसलमा गए। आफू विदेश जाने तयारीमा रहेकाले साथीहरुसंग बिदाइ पार्टी गर्ने योजना अनुसार उनी भट्टी पुगेका थिए। मृतक विकको गोजीमा साढे दुई सय रुपैयाँ मात्रै पैसा थियो। रक्सी पिउन रकम अपुग भएपछि उनी घर फर्के र श्रीमतीसँग भएको ५० रुपैयाँ र सालीसँंग भएको एक सय रुपैयाँ गरी एक सय ५० रुपैयाँ लिएर फेरी भट्टी पसल पुगे।

दिउँसो ८ जनाले संगै मदिरा सेवन गरे पनि साँझ ढल्दै गर्दा सबै एक एक गर्दै आफ्नो बाटो लागे। साँझको ८ बजेको सेरोफेरोमा मृतक विक र अर्का एक जना मात्रैे थिए। मदिरा पिउने पैसा सकिएपछि उनीहरु पनि त्यहाँबाट निस्केर आ९आफ्नो घरतर्फ लागे।

तुलबहादुरले भोलिपल्ट ढोरपाटन मेला हेर्न जाने कुरा साथीहरुँंग गरेका थिए। तर उनी त्यही रातिबाट वेपत्ता थिए। प्रहरीले अनुसन्धान अगाडि बढाउँदा मृतककी श्रीमतीले विक ढोरपाटन जान्छु भनेर निस्किएको भनेर बयान दिएपछि प्रहरीले श्रीमतीतर्फ आशंका गरेन। अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै लैजाने क्रममा प्रहरीले मृतक विकको कल डिटेल र फेसबुक डिटेल चेक ग¥यो। कल डिटेल र फेसबुक डिटेल चेक गर्दा विकको अन्य थुप्रै महिलाहरुसँग लामो कुराकानी भएको भेटियो।

साउन २५ गते राति ८ बजेपछि एक जना महिलासँग फेसबुकमा कुरा भएको भेटेपछि प्रहरीले त्यतैतर्फ अनुसन्धान अगाडि बढायो। त्या राति ती महिलाले सामाजिक सञ्जालमा केराको तस्विर पठाएर केरा खान आउनु भन्ने म्यासेज पठाएकी थिइन्। मृतक विकले भ्वाईस मेसेज पठाएका थिए। प्रहरी अब अनुसन्धान सकियो अपराधी पत्ता लाग्यो भनेर हौसियो। तर डिटेल चेक गर्दा ती महिलाको ठेगाना नुवाकोट पत्ता लागेपछि प्रहरी एकाएक शून्यमा आईपुग्यो र नयाँ शिराबाट अनुसन्धान अगाडि बढाउन बाध्य भयो। मोबाईल कल डिटेल चेक गर्दा उनकै साली पर्ने मनिषा विकसँग पनि धेरै कुरा हुने गरेको भेटिएपछि प्रहरीले अनुसन्धान त्यतातर्फ तेस्र्यायो।

जिल्ला प्रहरी प्रमुख आँफै अनुसन्धानमा संलग्न भएकाले प्रहरी आँफैलाई पनि छिटो अनुसन्धान सक्नुपर्ने दबाब थियो। शनिबार एसपी आँफैले अन्य अनुसन्धान अधिकारीसहित साली पर्ने मनिषा विकलाई तीन घण्टा केराकार गरे। एसपी ज्ञवाली भन्छन्, ‘कुरो चुहाउन निकै गाह्रो भयो, हामीले एउटा माइन्ड गेम खेल्यौं, तिम्री दिदीले बहिनीसँग धेरै फोनमा कुरा हुन्थ्यो, बहिनीले मारेको हुनुपर्छ भनेर बयान दिएकी छिन्। साँचो कुरा हो भन भनेपछि बल्ल घटनाको पर्दा खुल्न सुरु भयो।’ मनिषाले प्रहरीलाई घटनाको बेलिविस्तार लगाउन सुरु गरिन्। २५ गते राति ९ बजेतिर तुलबहादुर रक्सीले मातेर घरमा आएको र दुई वर्षकी छोरीलाई कुटपिट गरेपछि आफूसंगै माथिल्लो तलामा लगेर सुताएको उनले सुनाईन्।

मनिषाले प्रहरीलाई दिएको बयान अनुसार राति साढे ११ बजेको समयमा तुलबहादुरकी श्रीमती कुमारी कामी हातैभरी रगतसहितको खुकुरी बोकेर आएकी थिईन्। बहिनीले के भो भनि सोध्दा तेरो भिनाजुलाई मारिदिएँ भनेर जवाफ दिईन्। किन मारेको भनि सोध्दा तैले बिहे गरेकी छैनस् यो कुरा तैले अहिले थाहा पाउँदैनस् भनेर जवाफ दिईन्। मनिषाले प्रहरी सामु यति कुरा खोलेपछि प्रहरीले अनुसन्धान कुमारी कामीतर्फ केन्द्रित गर्‍यो। उनले सबुद लुकाउन हर मग्दुर प्रयास गरेकी थिईन्। रगतका छिटाहरु परेका भित्ता पुरै लिपपोत गरिएको थियो। सामान्य आँखाले देख्न सकिने सबै प्रमाण नष्ट गरिएको थियो। कुमारीलाई प्रहरीले पहिले नै इलाका प्रहरी कार्यालय बुर्तिबाङमा लिएर राखेको थियो। बहिनीले सबै कुरा ओकलेपछि प्रहरीले प्रमाण जुटायो। हत्यामा प्रयोग भएको घन, खुकुरी बरामद ग¥यो। श्रीमानको मृत्युपछि पनि शोक न सुर्ता कुनै पिरलोमा नदेखिएकी कुमारीलाई केरकार गर्न थाल्यो।

कुमारीले हत्याको जे कारण बताईन्। प्रहरी पनि एक पटक झस्कियो। कुमारीले प्रहरीलाई दिएको बयान अनुसार राति सहबास गर्ने क्रममा तुलबहादुर अरु नै परस्त्रीको नाम लिई बर्बराएपछि आफूले श्रीमानको हत्या गरेको बताएकी छिन्। तुलबहादुर र कुमारीको २०७३ सालमा विवाह भएको थियो। उनीहरुको दुई वर्षको छोरी पनि छिन्। कुमारीले प्रहरीलाई बयान दिए अनुसार विवाह भएदेखि नै तुलबहादुरले श्रीमतीलाई श्रीमतीको रुपमा दिनुपर्ने माया दिँदैनथे। कहिले भारत गएर बस्ने कहिले काठमाडौं गएर बस्ने गर्थे। त्यति मात्रै होईन संगै हुँदा पनि तँ जता सुकै जा म त फलानोलाई ल्याउँछु भन्दै विभिन्न युवतीहरुको नाम लिएर तनाव दिईरहने गर्थे। शारीरिक र मानिसक यातना दिन्थै। तेरो न दाजुभाई छन् न तेरो माइतीको धनसम्पत्ती छ। फलानी कति राम्री छे, तेरो अनुहार पनि गतिलो छैन भनेर यातना दिईरहन्थे।

२५ गते राति पनि श्रीमान श्रीमतीबीच सहवास हुँदै गर्दा उनले अरु नै महिलाको नाम लिएर बर्बराएको कुमारीले बयान दिएकी छिन्। त्यतिमात्रै होईन सहवास सकिएपछि सुत्नेबेला पनि भोली ढोरपाटन जाने हो, फलाना फलानासँग जाने हो, त जतासुकै जा मत त्यही केटीसँग बस्छु भनेर बारम्बार टर्चर दिएपछि आफूले पहिले घनले पछिबाट घाँटीमा हानेर हत्या गरेको उनले बताएको प्रहरीले जानकारी दिएको छ। उनको रिस लामो समयदेखि आवेग विस्फोट हुँदा उनको रिस त्यतिमै मात्र थामिएन। दाउराको चिर्पटले पाँच सात पटकसम्म श्रीमानलाई प्रहार गरिन्। अनि खुकुरीले आधा घाँटी रेटेर मृत्यु भएपछि मात्रै छोडिन्। श्रीमानको हत्या गरेपछि डोकोमा बोकेर नजिकै रहेको निसीखोलामा लगेर तुलबहादुरको शवबाट टाउको छिनाएर टाउको र जिउ खोलामा फ्याँकेको उनले बयानमा भनेकी छिन्।

अहिले प्रहरीले मृतक तुलबहादुरकी श्रीमती २२ वर्षीया कुमारी कामी र साली १८ वर्षीया मनिषा विकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। कुमारीले हत्या आरोप स्वीकार गरे पनि प्रमाण मेटाउन र लास ठेगान लगाउन मनिषाको सहयोग थियो थिएन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • हत्या
सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र

समाचार

सबै

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.