धनगढी- कैलाली प्रहरीले दुई जना नाबालिका बलात्कार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ । ७ वर्षीया र ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको लम्कीचुहा- ८ बचेलाका ६२ वर्षीय गणेशसिंह ठकुरीलाई पक्राउ गरेको हो ।
गएको साउन ३१ गते दिउँसोको समयमा दुई नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा आइतबार ईलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दिएपछि प्रहरीले ठकुरीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पश्चात् उनीमाथि अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ।













