डोटी- डोटीको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।
गाउँपालिकाले विगतमा करारमा राखेका कर्मचारीले आफूहरुलाई हटाएको भन्दै तालाबन्दी गरेका हुन् । गाउँपालिकाले गत साउन २८ गते ७ जना कर्मचारी करार हटाइएको थियो । ति हटाइएका करार कर्मचारीले आफ्नो पुर्नवहालीको माग गर्दै आएका हुन् ।
यता गाउँपालिकाका अध्यक्ष कमल गड्सिला काठमाडौं भएकाले ताला लगाएको कुरा सुनेको यसबारे छलफल गर्ने बताएका छन् ।














