डडेल्धुरा- डडेल्धुराको अमगरगढी नगरपालिका वडा नम्बर १० स्थित सहर्षलिंग माविमा कार्यरत एक कर्मचारीको विद्यालयमै मृत्यु भएको छ । ३० वर्षीय लेखापाल भक्तबहादुर साउदको अचानक स्वास्थ्यमा समस्या आएर मृत्यु भएको हो।
पहिल्यैदेखि मुटु रोगको बिरामीसमेत रहेका उनी बिहान विद्यालय आएपछि अचानक रिँगटा लागेर ढलेका थिए । त्यसपछि उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको विद्यालयले जनाएको छ।













