धनगढी- कञ्चनपुरबाट प्रहरीले अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणीबाट सोही ठाउँका ५६ वर्षीय हरिलाल ऐरलाई निजले सञ्चालन गरेको खुद्रा पसलबाट गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा २९.३५ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित नियन्त्रणमा लिईएको, तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीको होल्डिङ सेन्टर नजिकबाट शंका लागि चेकजाँच गर्दा भीमदत्त–२ का २९ वर्षीय पुरुषोत्तम जोशीलाई २.६३ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिइएको तथा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













