धनगढी- डडेल्धुराबाट अवैध हतियारसहित एकजना पक्राउ परेका छन् । मंगलबार जिल्लाको पर्शुराम नगरपालिका–१ जोगबुढा घर भई हाल आलिताल गाउँपालिका–३ डाँडाखर्कमा बाख्रा पालन गरी बस्ने भोज नाथको पक्राउ परेको प्रहरीले जनाएको छ ।
नाथको काठ र खरले बनेको कच्ची घरमा अबैध एक नाले भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले अबैध भरुवा बन्दुक बरामद गरी निज नाथ समेतलाई आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।














